एमालेको अडान: सभामुखले गल्ती सच्याउनुपर्छ वा राजीनामा दिनुपर्छ

काठमाडौँ, पुस २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुखले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेका छन् । संसद्‍ बैठकमा जारी अवरोध हटाउन सत्ता पक्षले नै भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।

नेकपा एमालेले समाजवादीका सांसदहरूलाई पदमुक्त गर्न माग गरेकोमा सभामुखले चासो नदिएको भन्दै यस घटनामा सभामुखले गल्ती सच्याउनुपर्ने पोखरेलले बताएका हुन् । अथवा उनले राजीनामा दिनुपर्ने पोखरेलको माग थियो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । साथै पुस महिना सुरु भएसँगे एमाले देशव्यापी रुपमा संगठन विस्तारमा केन्द्रित हुने पनि उनले बताए ।

एमालेमा पुस्तान्तरणबारे उठेको प्रश्नमा उनले एमालेभित्र ८औं महाधिवेशनदेखि नै पुस्तान्तरण सुरु भएको जिकिर गरे । बरु अन्य पार्टीले एमालेको निर्णय पछ्याएको उनको दाबी थियो । १०औं महाधिवेशनमा पनि ४५ प्रतिशत नयाँ सदस्य थपिएकाले एमालेमा पुस्तान्तरण पहिले नै सुरु भएको बताए ।

संसदमा केही महिनादेखि जारी गतिरोधसँग जोडिएका विषयमा हामीले आफ्ना कुरा पहिले नै राखेका छौँ’, उनले भने, ‘हामीले कारबाही गरेका १४ सांसदबारे अदालतमा मुद्दा पनि चलिरहेको छ। हामीले कारबाही गरेका सांसद राखेर संसद चलाइएको छ, त्यसलाई हामी स्वीकार्दैनौँ।’

उनले एमालेले कारबाही गरेका सांसदहरुबारे भएको निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने सभामुख सापकोटाले राजीनामा दिनुपर्ने उनले बताएका छन्।

ad
‘यदि हामीले गरेको कारबाहीलाई सदर नगर्ने निर्णयबाट सभामुख पछि हट्न नसक्ने हो भने उहाँले संसद चलाउन मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्छ’, उनले भने, ‘सभामुखले कमजोरी नसच्याएसम्म संसद अघि बढ्न सक्दैन। अवरोध जारी रहन्छ।’

उनले एमालेबाट कारबाही गरिएका सांसदहरुबारेको मुद्दामा सर्वोच्चले पनि निर्णय नदिएको बताए।

समाजवादीका सांसदहरूलाई कारबाही गर्नुपर्ने भन्दै नेकपा एमालेले संसद्‍ सचिवालयमा दिएको निवेदन अनुसार कारबाही हुन नसक्दा एमालेले संसद्‍ बैठक अवरद्ध गर्दैआएको छ ।
बुधबारदेखि सुरु भएको संघीय संसद्को दसौं अधिवेशनमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध जारी राखेको छ।

दसौं अधिवेशनको पहिलो दिन मंगलबार एमालेले विरोधलाई निरन्तरता दिए पनि सरकारले भने दुई सातअघि जारी गरिएका ६ वटा अध्यादेश संसद्मा पेस गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले भदौ २३ देखि संसद् अवरुद्ध गर्दैआएको छ।

 

प्रतिक्रिया दिनुहोस्