कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको मतगणना केहिबेरमा हुने

काठमाडौं , पुस १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना केहिबेरमा हुने भएको छ।

बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको छ । अन्य ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेस १४ महाधिवेशनअन्तरगत सभापति, उपसभापति र महामन्त्रीको मतगणना भइसकेको छ।

सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ र महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्