डा. मिनेन्द्र रिजालद्वारा रक्षामन्त्रीबाट राजीनामा

काठमाडौँ, पुस १ ।  रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । काँग्रेसको महामन्त्री पदमा पराजित भएपछि डा. रिजाल सरकारबाट पनि बाहिरिएका हुन् ।

मन्त्री रिजालले विहिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिएका छन् ।उनले मतगणनाको क्रममै पछि परेपछि राजीनामा दिने घोषणा गरेका थिए ।

रिजालले सामाजिक संजालमा उनले भनेका थिए – नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।

महामन्त्री पदमा रिजालले ८०९ मत ल्याएर पाँचौ स्थानमा रहेका थिए । उनकै पक्षबाट महामन्त्रीमा उम्मेदवार बनेका गगन थापाले बहने ३०२३ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्