जित सुनिश्चित भएपछि विश्वप्रकाशले भने- कांग्रेस रुपान्तरणको यात्रा शुरु भयो
काठमाडौं(, पुस १ । नेपाली कांग्रेसको महामन्त्रमा निर्वाचित हुने सुनिश्चित भएपछि विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको यात्राको सुरु भएको बताएका छन्। जित सुनिश्चित भएपछि पार्टी कार्यालय सानेपा पुगेका शर्माले यस्तो बताएका छन्।
‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन। सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो,’ शर्माले भने, ‘फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु हो।’
शर्मा र गगन थापा कांग्रेस महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको छ। यद्यपि कांग्रेस निर्वाचन समितिले आधिकारिक रूपमा मतपरिणाम घोषणा गर्न बाँकी छ।















प्रतिक्रिया दिनुहोस्