कांग्रेस महामन्त्री मतगणना अपडेट : गगन महामन्त्री पक्का, कसको मत कति?

काठमाडौं, पुस १ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ।

४०९० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रशमः पहिलो र दोस्रो स्थानमा कायमै छन्। थापाले २६४४ मतसहित अग्रता कायम राख्दा शर्मा १६८५ मतसहित दोस्रो स्थानमा छन्।

यसैगरी प्रकाशशरण महत १३५७, प्रदीप पौडेल १२१७, मीनेन्द्र रिजाल ७०६ र राजाराम कार्कीले ९२ मत ल्याएका कांग्रेस निर्वाचन समितिले जनाएको छ।

यता प्रारम्भिक नतिजा अनुसार सबैभन्दा अगाडि गगन थापा छन्। लगभग कांग्रेस महामन्त्रीमा गगन थापाको जित पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्