कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशले मतान्तर बढाउँदै
काठमाडौँ, पुस १ । नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाश शर्माले मतान्तर बढाउँदै लगेका छन् ।
२ हजार ५२० मत गन्दा थापाले १६ सय ४८ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले १०१९ मत पाएका छन् ।
यस्तै तेस्रो स्थानमा डा।प्रकाशशरण महत छन् । उनले ८२७ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले ७४६ मत पाएका छन् ।
डा। मिनेन्द्र रिजालको ४३६ मत पाउँदा राजाराम कार्कीले ६४ मत मात्रै ल्याएका छन् ।















प्रतिक्रिया दिनुहोस्