कोभिड १९ संक्रमणमुक्त हुनेमा नेपाल सार्क राष्ट्रमा तेस्रो स्थानमा

काठमाडौं, पुस १ ।  कोभिड १९ संक्रमणबाट निको हुने दरमा नेपाल सार्क राष्ट्रमध्ये तेस्रो नम्बरमा रहेको छ । संक्रमणमुक्त हुने दर सबैभन्दा बढी भुटानमा रहेको छ । दोस्रोमा भारत र तेस्रोमा नेपाल छ ।

हालसम्म संक्रमणमुक्त हुने दर यी तीन देशमा क्रमश : ९९.२, ९८.४ र ९७.९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक छ । सार्क राष्ट्रमध्ये मृत्यु र सक्रिय संक्रमित सबैभन्दा बढी हुनेमा अफगानिस्तान छ । त्यहाँ कोभिड १९ संक्रमितमध्ये हालसम्म ४.६ प्रतिशतको मृत्यु भइसकेको छ भने अहिले पनि त्यहाँ ५.६ प्रतिशत सक्रिय संक्रमित छन् ।

कोभिड संक्रमणबाट मृत्यु हुने दर भने नेपालमा भारतसँग बराबर रहेको छ । भारत र नेपालमा अहिले मृत्युदर १.४ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा कम मृत्युदर भुटानको ०.१ प्रतिशत रहेको छ ।

sarbottam cement
नेपालमा मंसिर १५ गतेसम्म कोभिड १९ बाट संक्रमितकाे संख्या ९ लाख २० हजार ८८९ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमित ५ हजार ६३५ रहेका छन् भने मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्