कांग्रेस महाधिवेशन : उपसभापतिको मतगणना आजै गर्ने निर्णय

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेस उपसभापतिको मतगणना आजैबट सुरु गरिने भएको छ ।

भर्खरै सम्पन्न निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए ।

उपसभापतिसहित सबै पदाधिकारी र सदस्यहरुको मतपेटिका सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ। सभापतिको भने दुवै चरणको मत राष्ट्रिय सभागृहमा गणना भएको थियो। शेरबहादुर देउवा दोस्रो चरणबाट सभापतिमा निर्वाचित भएका छन्।

उपसभापतिमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार तथा शेखर कोइरालाको प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिको उम्मेदवार हुन्।

यस्तै, प्रकाशमान सिंहको समूहबाट सुजाता कोइराला उपसभापतिमा उठेकी छन् भने महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्