ओलीको आरोप : प्रचण्ड र नेपाल अस्थिरताका संवाहक

काठमाडौं, मंसिर २९ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताका संवाहक भएको आरोप लगाएका छन्।

मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै ओलीले नेपालमा अस्थिरता मच्चाउन खोज्ने नियन्त्रित शक्ति रहेको र त्यसको संवाहक प्रचण्ड र नेपाल भएको आरोप लगाए।

‘अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी हुन्। सबभन्दा अहिले अस्थीरताका संमवाहक तत्वहरु यिनीहरु नै हुन्। कुनै भ्रम राख्नु पर्दैन’, ओलीले भने। उनीहरुसँग एकता गरेर कहीँ नपुगिने भन्दै उनले भने, ‘उनीहरुको कनेक्सन कहाँ छ हामीले देखेकै छौं।’

प्रतिक्रिया दिनुहोस्