थप २६४ जनामा कोरोना संक्रमण पुष्ट , २ जनाको मृत्यु

काठमाडौं, मंसिर २८ । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ र ४ हजार ३१७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३६२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९७ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ३६ हजार चार सय ८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म ९३ लाख ६५ हजार नौ सय १५ जनाले पूर्ण मात्रा र एक करोड १६ लाख २९ हजार ६ सय २१ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्