दोस्रो चरणको निर्वाचन अपडेट : १५ सय मत खस्यो
काठमाडौं , मंसिर २८ ।नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान राजधानीको राष्ट्रिय सभागृहमा जारी छ ।
सोमबार भएको मतदानपछिको मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले जीतका लागि मत हासिल गर्न नसकेपछि आज फेरि मतदान भएको हो ।
दोश्रो चरणमा मतदान सुरू भएको हालसम्म १ हजार ५ सय मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । मतदानका लागि सभागृहमा ६ वटा बुथको व्यवस्था गरिएको छ ।
दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । यता सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइराला मतदातासँग मत मागि रहेका छन् ।
राष्ट्रियसभा गृहमा जारी रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्