बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

काठमाडौं, मंसिर २८ । कोरोना संक्रमण भाइरसको अन्त्य नहुँदै फेरि नयाँ भाइरसले विश्व चिन्तित भएको छ ।

यति बेला ओमिक्रोन भेरियन्ट भाइरसको तत्व फेला परेको हो । यता बेलायतमा यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार यस रोगबाट एक जनाको ज्यान गएको पुष्टि गरेका हुन् ।

ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएको उनले जनाएका हुन् । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका थिए । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने पनि उनले चेतावनी दिएका छन् ।

युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् ।

बेलायतमा हिजो एकै दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् । यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्याङ्कमा जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्