हात्तीवन–गोदावरी सडकमा सवारी अबरुद्ध

काठमाडौं, २८ मंसिर । हात्तीवन–गोदावरी सडकमा सवारी आगमन अवरुद्ध भएको छ । स्थानीयवासीले तत्काल यथास्थितिमा नै कालोपत्रे गर्न माग गर्दै सवारी आगमनमा रोक लगाएका हुन् । अहिले बाटोमा गाडी तथा तारबार तर्साएर अवरोध गरेको छ । लामो समयसम्म पनि सडक कालोपत्रे तथा स्तोन्नती नहुँदा यात्रा गर्नेहरूलाई सास्ती भएको छ । धुलो मुक्त सडक वा तत्काल कालोपत्र माग गर्दै स्थानीयहरुले सडक अवरुद्ध गरेको हो ।

सडक कालोपत्रे नहुँदा कार्यालय आवत–जावत तथा दैनिक कामकाजको लागि सास्ती व्यहोर्नु परेको छ ।
सकडले धुलाम्य भएको छ । निर्माण कार्य भने कछुवा गतिमा छ । पानी पर्दा हिलाम्य र सुख्खायाममा धुलोले कपडा ढाकिदिन्छ । धुलोले श्वास फेर्नै गाह्रो हुन्छ । कालोपत्रेका लागि पटक पटक भएको सहमती कार्यान्वयन नहुँदा सबैले सास्ती व्यहोर्नु परेको ललितपुर महानगरपालीका वार्ड अध्यक्ष गणेश महर्जनले बताए । उनले धुलो मुक्त सडक हाम्रो माग भएको बताए ।

ललितपुर महानगरपालीका र गोदावरी नगरपालीको अन्तर्गत बन्दै गरेको खरीबोट–गोदावरी सडकमा निर्माण कम्पनीले समयमै काम नगर्दा यस्तो सास्ती व्यहोर्नु परेको र यसले दैनिक आवतजावत गर्न सर्वसाधारणलाई कठिन भएको अध्यक्ष महर्जनले बताए । उनले खरिबोटदेखि गुमचसम्म २ किलोमिटर छ त्यसलाई तत्काल बिच गर्न र पटक पटक भएका सहमतीहरु कार्यान्वय गर्न माग गर्दछौं, उनले भने, “मामीले धेरै पटक सहमती गर्यौ । महमती पनि भयो तर कार्यान्वयन भएन त्यसैले हामी आज फेरी वाद्धभएर सडकमा सवारी आगमन बन्द गर्न लागेका हौं ।”
कर्मनाशापुलदेखि गोदावरीसम्मको जम्मा ७ दशमलव ६ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का आशिष सीएम जेभी र लामा समानान्तर जेभी दुई कम्पनीले लिएको थियो । कर्मनाशादेखि हरिसिद्धिसम्म ४.१५ किमि सडक विस्तार गर्न आशिषरसीएम जेभीले ०७५ कात्तिकमा सम्पन्न गर्ने गरी ०७३ मा २९ करोड ९ लाख ७१ हजारमा ठेक्का पाएका थिए । हरिसिद्धिबाट गोदावरीसम्म ३।४५ किलोमिटर सडक लामा र समानान्तर जेभीले ०७६ कात्तिकमा सम्पन्न गर्ने गरी ०७४ मा ३८ करोड ६ लाख ७८ हजार रुपैयाँमा ठेक्का पाएका थिए ।

सुरुमा स्थानीय मायादेवी महर्जन, जोगबहादुर महर्जन, कृष्णबहादुर साहीलगायत १० भन्दा बढी व्यक्तिले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका कारणले सडक विस्तार हुन सकेन । सर्वोच्चले दुई वर्षअघि विस्थापित हुनेहरूलाई क्षतिपूर्ति र मुआब्जा दिएर मात्र सडक विस्तार गर्न सरकारको नाममा आदेश जारी र्गयो । काठमाडौं उपत्यका नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले मुअब्जा तिर्ने बजेट अभावको कारणले सडकको मापदण्ड कायम गर्न सकेन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गत वर्ष २२ मिटर रहेको गाइडेड ल्यान्ड डेभलपमेन्ट (जीएलडी) मापदण्डलाई घटाएर फुटपाथसहित १६ मिटरमा कालोपत्रे गर्ने निर्णय र्गयो ।

दुवै तर्फ नाली हिमपाईप राख्ने ग्याविन लगाउने, नाली राख्ने काम भएतापनि सडक सडक चाडो कालोपत्र गर्नुपर्ने माग गर्दै कर्मनाशा–गोदावरी सडक पटक–पटक अवरुद्ध पनि भएको थियो ।

चार वर्ष पहिले विस्तार शुरु भएको सो सडकमा स्थानीयवासीको विरोधमा सडक विभागले चौडाइ बढाउन सकेको थिएन । २० मिटर चौडाइमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भए पनि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले कालोपत्रे गर्न नसकिने भएकाले ग्राभेल गरिएको जनाएको छ । स्थानीयवासीले भने ग्राभेल र माटो सडकमा विच्छाउँदा आवतजावत गर्न अझै गा¥हो भएको बताएका छन् ।

 सडकमा विच्छाइएका गिट्टी र माटोका कारण सडकमा धुलो र हिलो बढेको छ । यो सडक बिग्रिएर स्थानीयवासीले दुःख पाएको वर्षौ हुँदासमेत सरोकारवाला निकाय मौन छ ।उनले यथाअवस्थाकै सडकमा पिच गर्नका लागि सहमति भएपछि अब कात्तिक मंसिरभित्र सडक बनाइसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्