कार्यशैलीमा परिवर्तन गर्ने प्रतिवद्धता जनाएकाले देउवालाई समर्थन गरेँ : प्रकाशमान सिंह
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाले आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने प्रतिवद्धता जनाएकाले दोस्रो चरणको मतनामा समर्थन गर्न लागेको बताएका छन्। पार्टीलाई व्यवस्थित गर्ने, विधान संशोधन गर्ने र आफ्नो कार्यशैलीमा परिवर्तन गर्ने प्रतिवद्धता गरेका कारण समर्थन गरेको नेता सिंहको भनाई छ।
आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन देउवाले सबैसँग सल्लाह गरेर मात्रै अघि बढ्ने प्रतिवद्धता गरेको सिंहले बताए।
नेता सिंहले आफूलाई सहयोग गर्ने सबैलाई देउवाको पक्षमा मत दिन आग्रह गरेका छन्। ‘तपाईले उठाउँदै आउनुभएको जुन मुद्दाहरु छन्, यो पार्टीलाई व्यवस्थित गर्ने, पार्टीमा सुधार ल्याउने, पार्टीको विधानमा जहाँ–जहाँ, पार्टीलाई सुचारु रुपमा सञ्चालन गर्न अप्ठ्यारो परेका छन्। यो विधानलाई संशोधन पनि गर्न सक्ने त्यसमा सबैमा मेरो साथ हुन्छ भन्नु भयो’, उनले भने। आफूले विश्वप्रकाश शर्मासँग पनि मैले सल्लाह गरेको बताए।















प्रतिक्रिया दिनुहोस्