प्रचण्डले भने- राष्ट्रिय सहमतिपछि मात्रै एमसीसी संसदमा पेश हुन्छ

काठमाडौं , मंसिर २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुने बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुन्छ । संशोधनसहित सहमतिमा एमसीसी पेश हुन्छ।’ माओवादी केन्द्रको संसदीय दलको बैठकले विभिन्न बोर्ड गठन गर्ने निर्णय गरेको नेता रेखा शर्माले अन्नपूर्णलाई बताइन् ।

राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिव रामनारायण बिडारीलाई चयन गरेको छ । यस्तै, २१ सदस्यीय संसदीय बोर्डको पनि गठन गरेको छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । प्रचण्डलाई सांसदहरुले मंगलबारबाट जारी हिउँदे अधिवेशनलाई प्रभावकारी आग्रह गरेका थिए।

जवाफमा अध्यक्ष प्रचण्डले लामो समयदेखि संसद् अवरोध गरिरहेको एमालेसहितको सर्वदलीय बैठक बसालेर संसदीय अवरोध हटाउन आवश्यक पहल गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्