काँग्रेश मतगणना अपडेट : दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरु हुदैँ
काठमाडौँ , २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ । सोमबार मतदान भएको तीन स्थानमा नै आज पनि मतदान हुने छ ।
नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको हो ।
पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका छन् भने शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच भिडन्त हुनेछ । यसअघि सभापतिको रेसमा रहेका प्रकाशमान सिंह,विमलेन्द्र निधि र कल्याण गुरुङ भने बाहिरिएका छन् ।







प्रतिक्रिया दिनुहोस्