प्रधानसेनापति र बेलायतका राजदूतबीच भेटघाट

काठमाडौँ , मंसिर २७ । प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका राजदूत निकोल केथरिन पोलिटबीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मदत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्