भोलिबाट संसद अधिवेशन, आज सांसदको कोरोना परीक्षण गरिने
काठमाडौं, मंसिर २७ । संघीय संसदको दुवै सदनको अधिवेशन भोलिबाट सुरु हुने भएको छ ।
यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले बैठक स्थल लगायतको निरीक्षण पनि गरेका छन् ।
त्यसै गरि संसद भवनको स्काई हलमा सभामुखसहित संघीय संसदआवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार संसदका सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपरान्ह ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ ।















प्रतिक्रिया दिनुहोस्