प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिसँग भृकुटीमण्डपमा: सँगै लाइनमा बसेर खाना लिँदै

काठमाडौं, मंसिर २६ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् ।

देउवा आज आइतवार बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरूसँग अन्तरक्रिया र परामर्शमा व्यस्त भएका थिए ।

कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधि एवम् कांग्रेसका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गरी आफूलाई मत पनि मागेका थिए ।

त्यसपछि उनले महाधिवेशन प्रतिनिधिसँग काठमाण्डौको बसाइँका बारेमा सोधपुछ गरे । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिसँग सोधेका थिए ।
साथै उनले काठमाण्डौमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिए ।

त्यसैगरि देउवाले आज बिहानको खाना पनि भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिसँगै लाइनमा बसेर लिएका छन् । तस्बिरमा देख्न सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्