अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध
काठमाडौं, मंसिर २६ । अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ ।
मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै अमेरिकाले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायतले पनि साथ दिएको छ ।
‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने ।
यता अमेरिकी प्रतिबन्धको भने चारै देशले कुनै प्रतिकृया दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्