एमाले बैठक : पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय

काठमाडौं, मंसिर २५ । नेकपा एमालेले आगामी पौष २३ सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले एमाले सल्लाहकार परिषदको अध्यक्ष समेत चयन गरेको छ । नेता अमृतकुमार बोहोरालाई परिषद अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्