शेखर कोइरालाको समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेद्वार

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि समूहगत रुपमा उम्मेदवारी दिने तयारी भइरहँदा शेखर कोइरालाको समूहमा डा। मिनेन्द्र रिजाल र गगनकुमार थापा पनि जोडिएका छन् ।

डा। रिजाल र नेता थापा महामन्त्रीको उम्मेदवार बन्ने तय भएको स्रोतको भनाइ छ । सभापतिमा शेखर कोइरालाको नेतृत्वमा ती नेताहरुलाई सँगै लग्ने गरी समूह बनाएको छ ।

डा। शेखर कोइरालाले उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीलाई अघि सार्ने भएका छन् । काठमाडौंको एक होटलमा भएको छलफलमा यस्तो निणर्य भएको हो । रामचन्द्र पौडेल, शशांक कोइराला, बलबहादुर केसीलगायतसँग परामर्श गरेर यो टिम तयार पारिएको स्रोतले जानकारी दिएको छ । त्यस्तै सहमहामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा, बद्री पाण्डे, जीवन परियार र शेख वकिललाई अघि सार्ने निणर्य भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्