देउवाले दिएको उपसभापति पदको ‘अफर’ शशांकद्वारा अस्वीकार

काठमाडौँ , मंसिर २५ । कांग्रेस महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले गरेको उपसभापतिको प्रस्ताव अस्वीकार गरेका छन् । सभापति देउवाले शशांकलाई मनाउन आफूनिकट नेताहरूलाई पठाएका थिए ।

उपसभापतिको प्रस्तावसहित सभापति देउवाले आफ्नो टिममा आउन गरेको आग्रहलाई महामन्त्री शशांकले अस्वीकार गरेको उनका सहयोगी भरत तिवारीले जानकारी दिए । सहयोगी तिवारीका अनुसार महामन्त्री शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि सभापतिका आकांक्षी रहेका शशांकले सहमतिका लागि भन्दै आफ्नो दाबी छाडेका थिए ।

सुरुमा सभापतिका लागि शशांकसहित शेखर कोइराला, प्रकाशमान सिंह र रामचन्द्र पौडेलको दाबी रहे पनि अहिले शेखर र प्रकाशमानबीच कुरा अड्किएको छ । यसैबीच प्रकाशमानले रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा घोषणासभा गरी सभापतिमा उठ्ने घोषणा गर्दैछन् । उनको प्यानलबाट पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले पनि उपसभापतिमा उठ्ने घोषणा गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्