कोरोनाको दुई मात्रा खोप लगाएर मात्र ओमिक्रोनबाट बच्न नसकिने वैज्ञानिकहरुको दावी

काठमाडौं, मंसिर २५ । कोरोनाको दुई मात्रा खोप लगाएर मात्र नयाँ भेरियन्टको ओमिक्रोनको संक्रमणबाट बच्न नसकिने बेलायती वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

उनीहरुले ओमिक्रोनको संक्रमणबाट बच्न कोरानोको दुवै डोज खोप मात्र पर्याप्त नभएको बताएका हुन् ।

बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्डा भेरियन्टलाई लिएर गरेको प्रारम्भिक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि खोपको दुई मात्रा पर्याप्त नदेखिएको हो । तर, तेस्रो मात्राको खोप अर्थात बुस्टर लगाउँदा ७५ प्रतिशत व्यक्तिमा संक्रमणको नदेखिएको उनीहरुको निष्कर्ष छ ।

तेस्रो मात्रा खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी हुने उनीहरुको दावी छ । यसअघि फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप फाइजरको तेस्रो मात्रा ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको थियो ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएर हाल विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेको ओमिक्रोन भेरियन्ट अहिलेसम्म सबैभन्दा बढी उत्परिवर्तन ९म्युटेशन० भएको हो ।

यो भेरियन्ट अघिल्ला भन्दा बढी संक्रामक रहेको देखिएको छ । तर उपलब्ध खोपले काम गर्ने वा नगर्ने या बुस्टर मात्रा लगाउँदा हुने प्रभावकारीताबारे अझै स्पष्ट हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्