‘पार्टी एकताको लागि धैरे सहेर बसें’
काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीति सुद्धिकरण अन्तगर्न पैसा भाँडेर चुनाव जित्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताएका छन् ।
पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जबसम्म पार्टीमा त्याग र तपस्या, विचारको अवधारण अनुसार नेतृव्त विजयी हुँदैन तबसम्म पार्टी कमजोर हुन्छ र त्यसले विरोधीसंग प्रतिष्पर्धा गर्न पनि सक्दैन उनले भने, महाधिवेशन देश र पार्टीको नेतृत्वको लागि निर्धाणर गर्ने हुँदा त्यसलाई गम्भिर रुपमा विचार पुर्याउनु पर्ने बताए । प्रतिपक्षसंग लड्ने् काँगेस विकास गर्ने पार्टी बनाउन सक्षम नेतृत्व आवश्यक पर्ने बताए । उनले पार्टी एकताको लागि ठूलो योगदान र त्याग गरेको बताउँदै पार्टीका एकतानको लागि हेपीए र पिल्सिएर बसेको बताए । सैद्धान्तिक पार्टी बनाउन सक्नु पर्छ, उनले भने, ‘अरुको एजेण्डा होइन आफ्नो एजेण्डा बोक्नु पर्छ । किसान, गरिब उत्पीडत जनताको एजेण्डलाई बोक्न पर्छ ।’
महाधिवेशन अगाडी नीति र र कार्यक्र छलफल गर्न सकिएको बताउँदै हड्बडमा महाधिवेशन गर्नु परेको बताए । उनले अबको राजनीतिक यात्रा सजिलो नभएको बताउँदै विरोधीलाई प्रतिष्पर्धा गर्न सक्ने सक्षम पार्टी बनाउनु पर्नेमा जोड दिए । उनले नेपालको राजनीति गतिहिन र अवरुद्ध अवस्थामा रहेको बताए । नेपाली काँग्रेसले समिक्षा गर्ने बेला आएको बताए । कम्युनिष्ट भन्दा पछि किन पर्यो भन्ने समिक्षा गर्ने समय आएको बताए । उनले गौरवशाली पार्टी र नेताहरुको त्यागलाई सुझ बुझका साथ अगाडी बड्नु पर्ने बताए । पार्टीलाई बलियो बनाउनु नै आजको् प्रमुखदायत्वि भएको बताए ।
उनले निमुखाको न्याय पाएको छैन, उनले, ’‘भने आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ । विधि र नीतिमा पार्टी चलाउनु पर्छ । नेपालीजनताको भरोसाको पार्टी बनाउनु पर्छ । विकृटिको अखडाबाट मुक्त गर्न सक्नुपर्छ, लोकतन्त्रको लागी बनेको पार्टी हो ।’ काँग्रेसले नै विधिको शासन कार्यम राख्न सक्ने पार्टी भएकौ बताए । संविधा र विधिको शासन कायम गर्ने एजेण्डा सहित पुर्नस्थापनको मुद्धाले नै पार्टीलाई सरकामरमा पुर्याएको स्मरण गराए । सबैले भरोसा योग्य पार्टी बनाउनु पर्नेमा जोडदिंदै उनले औद्योगिक विकास, पर्यटन, र कृषि विकासको मोडलमा पार्टीलाइृ लैजानुपर्नेमा जोददिए ।









प्रतिक्रिया दिनुहोस्