ओलीबाट देश जोगाएँ, राष्ट्रिय सरकार बनाउन मलाई जिताइदिनुस् : सभापति देउवा

काठमाडौँ, मंसिर २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको बताएका छन् । उनले यसो भन्दै भने अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको छु ।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए ।

उनले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए ।उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफूलाई जिताउन आग्रह गरे ।

‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु’, देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने ।

देउवाले आगामी निर्वाचनबाट राष्ट्रिय सरकार बनाउनका लागि अहिले आफूलाई जिताउन आग्रह गरे । देउवाले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई सभापतिमा आफू निर्वाचित भए गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने दाबी गरे। उनले त्यसको जिम्मा आफूले लिनेसमेत बताए।

देउवाले आफ्नो सरकार बनेसँगै ओली शासनबाट देशले मुक्ति पाएको बताए । डरत्रासरहित राष्ट्र बनाउनका लागि आफूले जित्नुपर्नेमा उनको जोड थियो ।

मुलुकमा अव कुनै पनि किसिमको तानाशाही सरकार नआओस् भन्नका लागि पनि आफू नेतृत्वको कांग्रेस सरकारलाई निरन्तरता दिने गरी कांग्रेस महाधिवेशनले आवश्यक निर्णय गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्