कांग्रेस निर्वाचन समितिद्वारा मतदाताको अन्तिम नामावली प्रकाशन, जम्मा ४ हजार ७४३ मतदाता

काठमाडौं, मंसिर २४ ।  कांग्रेसको निर्वाचन समितिले महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए ।

उनकाअनुसार मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ । ‘देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या ४ हजार ७ सय ४३ पुगेको छ,’ उनले भने ।

शुक्रबार उद्घाटन भएको कांग्रेस महाधिवेशनअन्तर्गत शनिबार बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ ।

मतदान भने सोमबारमात्रै हुनेछ ।

प्रतिक्रिया दिनुहोस्