अब सभापतिको दौडबाट पछि हट्दिनँ : सिंह
काठमाडौँ , २३ मंसिर । कांग्रेस नेता प्रकाशमान सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् ।
संस्थाप पक्षमा साझा उम्मेदवार चयन गर्ने विषयमा छलफल चलिरहेका बेला नेता सिंहले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका हुन् ।
‘पार्टी विधि र पद्धतिमा चल्न सकेको अवस्था छैन, पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न मैले यो महाधिवेशनमा उम्मेदवारी दिएको हुँ, मैले दाबी छोड्दिनँ,’ उनले भने ।
उनले बानेश्वरमा रहेको सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै पार्टीभित्र प्रजातान्त्रिक अभ्यासलाई थप मजबुत बनाएर अघि बढ्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए । उनले कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मासाथ गर्न नसकेको भन्दै दुःखसमेत व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्