बागमती प्रदेश : काँग्रेस पदाधिकारीको नतिजा सार्वजनिक

काठमाडौँ , २१ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । मंगलबार बिहान सम्पन्न मतपरिणाअनुसार प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन।

बस्नेत र महर्जनले एक हजार ५९ र एक हजार ३७ मत ल्याए भने उक्त पदका लागि उम्मेदवारी दिएका निकटतम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित भएका छन् ।

यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन् । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो । यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुँदा खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए ।
काँग्रेस बागमतीको सभापतिमा भने जगदीश्वर नरसिंह केसीलाई हराउँदै इन्द्रबहादुर बानियाँ विजयी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्