सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले लिए शपथ

काठमडौं, २० मंसिर । यस सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेले सपथ ग्रण गरेका छन् । सोमबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले अध्यक्ष पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सो सपथ ग्रहण पछि अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा र विश्वास लिएको बताएका छन् । उनले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्घता व्यक्त गरे ।

उाले बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा व्यक्त गरे । बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्