राप्रपा अध्यक्षमा थापा र लिङ्देनको उम्मेदवारी दर्ता
काठमाडौँ , १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गर्नुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा तीन दिनदेखि जारी एकता महाधिवेशनमा शुक्रबार अध्यक्ष पदमा थापा र लिङ्देनले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतका अनुसार अध्यक्ष उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरेर अहिलेसम्म १४१ जनाले फारम बुझाइसक्नु भएको छ । थप फारम आउनेक्रम भने जारी रहेको उहाँले जानकारी दिनुभयो ।
राप्रपामा थापा र लिङ्देनले प्यानल बनाएर उम्मेदवारी दर्ता गर्नुभएको हो । एकता महाधिवेशन भनिएको भए पनि राप्रपामा थापा र लिङ्देनबीच चुनावी प्रतिस्पर्धा चर्को देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्