आज बालाचतुर्दशीः शतबिज छर्नेको भिड
काठमाडौं, १७ मंसिर । आज बालाचतुर्दशी पर्व तथा मार्गशीर्षकृष्ण चतुर्दशी हो । आज हरेक वर्षजस्तै आज शिब मन्दिरहरुमा बिहानै शतबीज छर्नेको भिड लागेको छ । हरेक शिब मन्दिरहरुमा तथा तिर्थ स्थलहरुमा शतबीज छर्नेको भिड छ । प्रत्येक वर्ष पुशपतिनाथ मन्दिरमा पनि शतबिज छर्नेको भिड लागेको छ ।
त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान, प्रज्वलन गरी प्रज्वलन गरि बसेका भक्तजनहरुले विहानै पशुपतिनाथ मन्दिर वरपर तथा बाग्मती नदीमा दिपलाई बगाइ पितृको नाममा शतबिज छरिन्छ । बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने परम्परा चलि आएको छ । आज बिहान मिर्मिरेमै पशुपति क्षेत्रमा भक्तजनहरूको भीड लागेको छ ।
बिहीबार रातिदेखि नै रातभर जाग्राम बसेका र बिहानै पशुपति पुगेका भक्तजनहरुले पितृको सम्झनामा शतबीज छरेका हुन् । यसले विवंगत आत्माको चिरशान्तिको लागि शतबीज छर्ने धार्मिक मान्यता छ









प्रतिक्रिया दिनुहोस्