१० सदस्यीय Anti-doping Steering Committee गठन
काठमाडौं, १६ मंसिर । खेलाडीहरुले खेलकुदको समयमा क्षणीक शक्ति बढाउने शक्ति वद्र्धक औषधिको सेवन गरेको पाईएको हुँदा यसलाई व्यवस्थित, अनुशासीत, गतीशिल र विश्वव्यापी मान्यता अनुरुप मर्यादित बनाई अगाडी बढाउन १० सदस्यीय Anti-doping Steering Committee गठन भएको छ ।
खेलकुद क्षेत्रमा विश्वव्यापी मान्यता अनुरुप सञ्चालन तथा व्यवस्थापन गर्न खेलाडीहरुले खेलपूर्व, खेल दौरानका समयमा क्षणिक उत्तेजना र शक्ति बढाउने प्रतिवन्धित औषधी सेवन विरुद्धको सचेतना अभिवृद्धि गराउनुका साथै आउँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै खेलकुद क्षेत्रमा Fair Play को अवधारणा अनुसार प्रतिवन्धित औषधी सेवन विरुद्धको अभियानलाई अगाडी बढाउन मन्त्रीस्तरीय निर्णयानुसार Anti-doping Steering Committee गठन भएको हो ।
तत्कालिन व्यवस्थापीका संसदको मिति २०६६।१०।०७ गतेको बैठकबाट खेलकुदमा प्रतिबन्धित औषधी सेवन विरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धी UNESCO को नेपाल पक्ष राष्ट्र रहेको छ। World Anti-doping Agency सँग सम्पर्क र समन्वय गरी मंसिर १६ गते विहिबारका दिन Antidoping Steering Committee को बैठक समितिका संयोजक युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको संयोजकत्वमा वैठक बसी SARADO को आगामी वैठको सम्बन्धमा WADA सँग समन्वय गर्ने, Anti-Doping सम्बन्धी एकिकृत अभिलेख तयार गरीwebsite मा राख्ने र WADAलाई जानकारी दिने, यस मन्त्रालयको खेलकुद प्रवद्र्धन शाखालाई Anti-Doping हेर्ने शाखाको समेत जिम्मेवारी दिन मन्त्रालयमा सिफारिस गर्ने र राष्ट्रिय खेलकुद परिषद्लाई Anti -doping unit स्थापना गर्न वा कुनै शाखालाई यस सम्बन्धि कार्य जिम्मेवारीको लागि पत्रचार गर्न मन्त्रालयमा सिफारिस गर्ने गरि वैठक सम्पन्न भयो।
उक्त समितिमा संयोजक, डा. दामोदर रेग्मी, सचिव, युवा तथा खेलकुद मन्त्रालय, सदस्य, डा. कमल प्रसाद पोख्रेल, सहसचिव, खेलकुद विकास महाशाखा, विज्ञ सदस्य, डा.बाबुराम अधिकारी, युनेस्को आयोगको सचिवालय, विज्ञ सदस्य, डा. सरोजकृष्ण श्रेष्ठ, नेपाल ओलम्पिक कमिटि, विज्ञ सदस्य, डा. नविसमान सिं प्रधान, पाटन अस्पताल, विज्ञ सदस्य, डा. ज्ञानेन्द्र विक्रम शाह, राष्ट्रिय खेलकुद परिषद, विज्ञ सदस्य, पार्थ सारथी सेन गुप्ता उपाध्यक्ष भारतोलन संघ, सदस्य, शान्ति बहादुर वस्नेत उपसचिव खेलकुद प्रवद्र्धन शाखा, सदस्य, संगीता मर्जन कानून तथा फैसला कार्यान्वयन शाखा, सचिव, प्रमिला खरेल शाखा अधिकृत खेलकुद प्रवद्र्धन शाखा रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्