वालाचतुर्दशी (सतबिज छर्ने) पर्व सम्पुर्ण तयारी पूरा

काठमाडौं, १६ मंसिर । वालाचतुर्दशी (सतबिज छर्ने) पर्वलाई सुव्यवस्थित रुपमा सम्पन्न गर्न र शान्ति सुरक्षा लगायत भक्तजनको व्यवस्थापनको लागि सम्पुर्ण तयारी पूरा भएको छ । प्रत्येक वर्ष वालाचतुर्दशी शी (सतबिज छर्ने) जात्रा मनाईदै आएको पर्वलाइअझ सभ्य रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई चुस्त बनाएको पुशपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम भुसालले बताउनु भएको छ ।

जात्रालाई व्यवस्थित बनाउन सुरक्षामा कडाई गरिएको छ । यसका लागि भकुण्टोलस्थित कारपार्कमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूलशिविर खडा गरी संयुक्त सुरक्षा योजना तयार गरी व्यवस्था मिलाउने । कोरक्षेत्रमा सत्विज मार्ग र बत्ती बाली बस्ने स्थानहरुमा सुरक्षाकर्मी खटाउने व्यवस्था गरी शान्ति सुरक्षाको प्रबन्ध गरेको छ । राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा मांस–मदिरा तथा नशालु पदार्थको विक्री वितरण तथा सेवन गर्न पूर्ण रुपमा निषेध गरी प्रभावकारी तवरले कार्यान्वयन गर्न सुरक्षा व्यवस्था गरेको छ ।
सदविज् मार्गका लागि राष्ट्रिय पत्रिकामा सूचना प्रकाशन गर्ने र मेला क्षेत्रमा फ्लेक्स बोर्ड तयार गरी सर्वसाधरणमा जानकारी गराउने । मृगस्थली (व्युटिफूल) भित्रको फेन्सिङ्गभित्र प्रवेश गर्ने गेटमा १/१ टोली, तीनवटै ढोकामा सशस्त्र प्रहरी र कोषको सुरक्षाकर्मी खटाउने, भित्र र बाहिर सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्तीको व्यवस्था मिलाएका छ ।
भुवनेश्वरी अगाडि शंकराचार्य मठको पश्चिम बाटोको छेउबाट सामुदायिक प्रहरी, मित्रपार्क र विश्व हिन्दू युवा संघ, पशुपतिबाट विगतमा जस्तै खोजखबर कक्ष संचालन गर्न भएको छ । मेला क्षेत्रमा घुम्ती शौचालयका लागि का.म.पा.लाई अस्थायी रुपमा व्यवस्था गरेका छ । नेपाल सायर व्यवस्था– रक्षा मन्त्रालय मार्पmत नेपाली सेनाको सहयोगमा सशस्त्र प्रहरी वल, कमाण्ड पोष्ट र भ्याएसम्म बत्ती बाल्ने भक्तजनहरुको लागि वनकाली, शंकराचार्यमठ, चारशिवालय र अन्य स्थानमा समेत पाल टांङ्ने व्यवस्था समेत मिलाएको छ ।
त्यस्तै वारी पार्किङ्गका लागि बि ११ वनकाली क्षेत्र, तीलगङ्गा, र भण्डारखालको पार्किङ्गमा व्यवस्था गर्ने र नियमित आवागमन हुने सवारीसाधनहरुलाई आवश्यकता अनुसार ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालबाट व्यवस्थापन गरेको छ । मन्दिर तथा कोरक्षेत्रमा पराल लैजान निषेध गरेका छ । भक्तजनलाई पश्चिम ढोका र दक्षिणढोकाको बाहिर बत्ती सल्काउने व्यवस्था मिलाएको छ ।
पशुपतिनाथ अमालकोट कचहरीबाट दाउराको व्यवस्था गरी कैलास चउर, हंशमण्डप, चारशिवालय आदि स्थानमा नवरस स्काउट ट्रुपबाट धूनी (क्याम्प फायर) बाल्ने व्यवस्था मिलाइएको छ । दाउरा नपुग भएमा पछि भुक्तानी गर्ने गरी कोषको सिफारिसमा दि टिम्बर कर्पोरेशन दाउरा डिपो वनकालीबाट उपलब्ध गराउने भएको छ । मन्दिर प्राङ्गण, कोरक्षेत्रभित्र र बाहिर ढुङ्गा छापेको, पीच गरेको स्थानहरुमा सतविज नछर्न अनुरोध गर्ने । सकेसम्म उम्रने खाली ठाउँमा मात्र सतविज छर्न भक्तजनहरुलाई अनुरोध गर्ने । यस कार्यमा स्वयंसेवक र सुरक्षाकर्मीहरुको समेत सहयोग लिने र प्रचार–प्रसार गर्ने भएको छ ।
सरसफाइको व्यवस्थाः सतविज् मार्ग सुधार तथा सरसफाइ गराउने र पर्व सम्पन्न भैसकेपछि विशेष सरसफाइको व्यवस्था गर्न काठमाण्डौ महानगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समेत सहयोग लिई कोषले व्यवस्थापन गर्ने, साथै राती पनि जनशक्ति परिचालन गरी सरसफाइ गराउने व्यवस्था मिलाउने । फोहोर संकलन कार्यका लागि अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र का.म.पा.बाट कन्टेनर राख्न लगाउने र संकलित फोहोर डम्पिङ्ग साइडमा लैजान का.म.पा. को सहयोग लिने । मेला अवधिभर मन्दिर प्राङ्गणको निरन्तर सरसफाइको लागि खेम्स क्लिनिङ्ग र बैंकबाट लगाइएका जनशक्तिलाई परिचालन गर्न अनुरोध गरेको छ ।
अस्थायी शौचालयको व्यवस्थाः कैलास क्षेत्रको पश्चिम दक्षिण कुनामा र गौरीघाट झर्ने बाटोको छेउमा १०÷१० (दश) कोठे महिला पुरुषको लागि छुट्टाछुट्टै अस्थायी शौचालयको व्यवस्था गरेको छ । ।
सूचनाको प्रवाह ः बत्ती बाल्न र सत्विज छर्न आउने भक्तजनले मास्क अनिवार्य लगाएर आउनुपर्नेछ । भक्तजनले वहुमूल्य गरगहना लगाएर नआउन, मांस–मदिरा सेवन नगर्न, छालाका जुत्ता–चप्पल लगाएर मन्दिर प्रवेश नगर्न, चोरी तथा पाकेटमारादेखि सचेत रहन साथै मांस–्मदिरा विक्र वितरण गर्न निषेध बारेका सूचनाहरु संचार माध्यममा प्रकाशित गर्ने, फ्लेक्स तथा हाते पर्चाद्वारा सूचना संप्रेषण गर्ने व्यवस्था समेत मिलाएको छ । कुनै व्यक्ति÷संघ संस्थाको नामबाट कोही कसैले बत्ती शुल्क उठाइएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जनाएको छ । पशुपतिनाथ मन्दिर प्रांगणमा वालाचतुर्दशी पर्व अघि र पछिका दिनहरुमा भगवान श्रीपशुपतिनाथको कवच, मुकूट, नागमणी, एकमुखे रुद्राक्ष दर्शन गराउने व्यवस्था कोषले मिलाउने । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोग लिने र कोषको कर्मचारी र सुरक्षाककर्मी खटाउने व्यवस्था मिलाएको छ ।
बालाचर्तुदशीका दिन मिति २०७८।८।१६ गते बिहानदेखि भोलिपल्ट १७ गते दिउँसोसम्म गौशाला–चारशिवालय, गौशाला–भुवनेश्वरी, जयबागेश्वरी–भुवनेश्वरी, पश्चिम गोल्डेनगेट, गुरुमार्गको मार्ग) र उमाकुण्ड–दक्षिणामूर्तितर्फका बाटोमा सबै प्रकारका सवारी प्रवेश निषेध गर्ने ।
स्वास्थ्य सेवाः कोरक्षेत्रको वत्सलेश्वरी खट राख्ने डबलीमा बेड एम्बुलेन्स सहितको स्वास्थ्य शिविर राख्न हस्पिटलहरुलाई अनुरोध गर्ने । अन्य इन्छुक संस्थाहरुले कोर क्षेत्र बाहिर शिविर खडा गरी सेवा प्रदान गर्न सक्ने छन् । नेपाल–भारत मैत्री हस्पिटल मित्रपार्कबाट दक्षिणामूर्ति अगाडि गेट भित्र स्वास्थ्य
खानेपानीः खानेपानी तथा नुहाउने व्यवस्था गर्न निरन्तर आपूर्तिको लागि कोषबाट काठमाडौं उपत्यका खानेपानी लि.लाई अनुरोध गरेको छ ।
बिजुली बत्तीको प्रबन्ध ः मेलाक्षेत्र, सत्विज मार्गमा पर्याप्त बत्ती व्यवस्था गर्ने र त्यसका लागि नेपाल बिद्युत प्राधिकरणको सहयोग लिने र वालाचतुर्दशीका दिन तथा भोलिपल्टसम्म पर्याप्त बत्ती राख्ने व्यवस्था कोषबाट मिलाएको छ । बिटिएस सेवाका लागि नेपाल टेलिकम दूर संचार संस्थानलाई अनुरोध गर्ने ।
दस्तुर संकलन ः परम्परागत रुपमा वालाचतुर्दशी मेलाका दिन बजार राख्नेहरुसँग दस्तुर असुली गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कोषको सुरक्षाकर्मीको सहयोग लिई श्रीपशुपतिनाथ अमालकोट कचहरी कार्यालयमा कार्यरत कर्मचारी र अन्य कोष कर्मचारीहरुको टोली गठन गरी वहाल रकम उठाउने निर्ण गरेको छ । वालाचतुर्दशी पर्वका अवसरमा बत्ती बाल्नु पर्ने तर आपूm उपस्थित हुन असमर्थ महानुभावहरुलाई विगत वर्षहरुमा रु.१०००।– को रसीद काटी कोषबाट बत्ती बाली दिने, रातभर कुर्ने र बिहान वाग्मती नदीमा सेलाउने कार्य गर्दै आएको र यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिन रुद्रागारेश्वर प्राङ्गण व्यवस्था गरी उक्त कार्य गर्ने भएको हुँदा इच्छुक भक्तजनहरुलाई कोषबाट वरिष्ठ सहायक श्री गोकर्ण पौडेललाई जिम्मेवारी तोकेकोले ९८५१०००६८३ मा सम्पर्क गर्न हुन अनुरोध गरेको छ ।
आपत्कालीन उद्धार व्यवस्थाको पूर्व तयारीः– मेला क्षेत्रमा आई पर्न सक्ने सम्भावित दुर्घटनालाई नजरअन्दाज गरी सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन गणले पशुपति पश्चिम ढोका र कैलाशमा ँबष्च म्ष्कतष्लनगष्कजभच टोली तैनाथ राख्ने । महानगरीय प्रहरी वृत्त, गौशालाले गौशाला प्रहरी वृत्तमा दकमल तैनाथ राख्ने र नेपाल प्रहरीको तर्पmबाट सम्भावित आई पर्न सक्ने विपत्लाई मध्यनजर गरी विपत् उद्धार टोली खटाउने । साथै मेला क्षेत्रमा नेपाली सेना १४ नं.बाहिनीका एयरपोर्टका तर्पmबाट सैनिक प्रहरीले गर्नुपर्ने कार्यको व्यवस्थापन गस्ती गर्ने व्यवस्थापन समेतका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्