राष्ट्रपति भण्डारीद्वारा ६ वटा अध्यादेश जारी
काठमााडौं, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गर्नु भएको छ । बुधबार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ६ वटा अध्यादेश जारी गर्नु भएको हो ।
राष्ट्रपति कार्यलयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले सरकाले सिफारिष गरेको ६ वटा अध्यादेश स्विकृत गरिएको ६ वटा अध्यादेश जारीहो ।
हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), सामाजिक सुरक्षा (पहिलो संशोधन) र रेल्वे अध्यादेश जारी भएका हुनु ।















प्रतिक्रिया दिनुहोस्