विदेश भ्रमणमा नजान आग्रह

काठमाडौं , १५ मंसिर। सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकाल्दै विश्व भर फेरी पनि कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिम बढ्र्द गएकोले अत्यावश्यक काम बाहेक विदेश भ्रमण गर्न आग्रह गरेका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेको छ ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परि नसकेको भन्दै डा.अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए । उनले यसलाई सजकता अपनाई नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्