सही मुद्दा र राष्ट्रियताको सवालमा हामी एक हौंः वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमााडौ. । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपाका सही मुद्दा र राष्ट्रियतानको सवालमा हातेमालो गर्न एमाले तयार रहेको बताएका छन् । उनले विगतमा जे भयो, त्यसलाई बिर्सिएर आगामी दिनमा जनताको हित, मुलुको समृद्धितर्फ अघि बढ्न हातेमालो गर्नुको विकल्प नरहेको पनि बताए ।
राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना व्यक्त गर्दै उनले देश र जनताको मुद्दालाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए । उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसके राजनीतिक दलको उपयोगिता समाप्त हुने दावी गर्दै अहिले आफ्नो राजनीति संगठनलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा जुट्नु पर्ने बताए । उनले अभियानमा आत्मकेन्द्रित भएरमात्र नभइ आर्थिक विकासको अभियानमा क्रियाशील हुन चाहेको बताए । उनले भने, ‘हामी सामाजिक सद्भाव कायम गर्ने, समाजमा देखा परेको अराजकतालाई अन्त्य गर्ने उद्देश्यका खातिर सुदृढ हुन चाहन्छौं ।’;
पार्टी अलग अलग भए पनि देश बनाउने, देशको स्वाभिमानको रक्षा गर्ने सवालमा हामी सबै एक हुनुपर्ने उनले बताए । उनले भने, ‘आन्तरिक विषयमा विचार एक नहुन सक्छ तर मुद्या र गन्तव्य एउटै हुनुपर्छ ।’
मुलुकको राष्ट्रिय राजनीति दुई ध्रुवमा ध्रुवीकृत हुँदै गएको उल्लेख गर्दै उनले राप्रपालाई देश र जनताको समृद्धितर्फको यात्रामा लाग्न सुझाव दिए । उनले भने, ‘हामी राजनीतिक विचारमा जो जुनसुकै ठाउँमा उभिएका हौं, देशभन्दा ठुलो अरु हुन सक्दैन । देश र नागरिक हाम्रो लागि सर्वोपरि हो ।’मुलुक दुई धू्वमा रुपान्तरण हुनु दुःखद् भएको बताए ।
राजीतिक स्थायित्व आजको आवश्यकता हो सबै विचारको राष्ट्रियता एकबद्ध हुनुपर्द छ । राजीतिक स्थायित्वले नै विकास गर्न सम्भव छ। भनले भने, एकताको महाविवशन कुनै नफुटोस । विचार होइन मुघाले एक स्थानमा उभिन मद्यत गर्छ । विगतले अनुव र शिक्षा दिन्छ र राजनीतिक यात्रालाई सहजता बनाउँछ । । आन्तरिक कलहमा नफसौं, । एकता महाधिवेश साच्चै एताको महाधिवेशन होस भन्ने शुभकामना व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्