राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राष्ट्रिय महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ ।
महाधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको पार्टीले जनाएको छ ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गरेका छन् । लिङ्देनलाई अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् ।

लिङ्देनको साथ लोहनीसँगै डा.धवलशमशेर राणापनि रहेका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।

महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौँको भृकुटीमण्डपमा हुने महाधिवेशन तीन दिनसम्म चल्ने पार्टी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्