लिङ्देनलाई डा.लोहनीको समर्थन, अध्यक्ष बन्दा ‘दाइ’हरूले अपमानित हुनु पर्दैन: नेता लिङ्देन
काठमाडौं, १४ मंसिर । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी नेतृत्वको लागि नेता राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर लोहनीले नेता लिङ्देनलाई समर्थन गर्ने घोषणा हुन् ।
ढा लोहनी विज्ञप्ति सुमेत जारी गर्दै पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई अब लिङ्देनलाइ नेतृत्वमा स्वीकार्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले आफू सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको र त्यसमा पनि युवालाई नेतृत्व दिनु देश र पार्टीकै हितमा हुने धारणा व्यक्त गरे ।
उनले संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिबद्ध रहेको जनायँदै उनले ‘राप्रपाका कार्यकर्ताहरु देशभक्त छन् र सबै नेपालीको समृद्धिको लागि प्रतिबद्ध छन् । यो प्रतिबद्धतालाई मुल आदर्शको रुपमा लिएर अगाडि बढौँ’, डा लोहनीको प्रस्ताव छ, ‘नयाँ प्रस्तावित नेतृत्वलाई काम गर्ने मौका दिऔँ ।’
लिङ्देनले यस अद्धि नै आफु राप्रपाको अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन् । सहि कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताएका छन् ।
आफ्नो उम्मेदवारी कसैको विरोधमा नभएर देशको आवश्यकता, पार्टीको आवश्यकता र कार्यकर्ताको भावना अनुसार रहेको उनको भनाइ छ । अहिलेकै अवस्थामा पार्टी अघि बढ्ने हो भने कुनै पार्टीको दलाली गरेर दुईचार वटा मन्त्री खाने पार्टीमात्र हुने उल्लेख गर्दै उनले भने, ‘मेरो सपनाको त्यो पार्टी होइन, अब हामीले आँट नगरी भएन भनेर अघि बढेको हुँ ।’
पार्टीभित्र रहेका अग्रज नेताहरूलाई लक्षित गर्दै उनले भने, ‘तपाईंहरूले उत्पादन गरेको पुस्ता पनि पार्टीको नेतृत्व गर्न योग्य भयो, हामी नेतृत्व गर्न सक्छौँ भनेर अग्रजहरूकै अभिभावकत्वमा तपाईंहरु जिउँदो हुँदै राप्रपालाई नेपालको एक नम्बर पार्टी बनाउन सक्छौँ भनेर आँट गयौँै ।’ उनले पार्टीका नेता डा। प्रकाशचन्द्र लोहनीले आफूलाई बोलाएरै आशीर्वाद दिएको भन्दै आभार प्रकट गरे । ‘यो मलाई समर्थन गर्ने, मलाई अध्यक्ष बनाउने भन्ने कुरामात्र होइन । पार्टीलाई बचाउने कि नबचाउने भन्ने कुरा हो । यो पार्टीले बोकेको मुद्दा जोगाउने कुरा हो ।’
उनले महिनाभित्र राप्रपा बाहिर रहेका राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भन्ने व्यक्तिहरू, संस्थाहरूलाई समेटेर आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बाटोको प्रस्थान बिन्दुका रूपमा आफ्नो उम्मेदवारी रहेको बताए । ‘सांसद हुनु, मन्त्री हुनु, पार्टीको अध्यक्ष हुनु ठुलो कुरा होइन । तर देशका लागि उसले के र्गयो भन्ने मुख्य कुरा हो,’ उनले भने ।
राप्रपा अध्यक्ष कमल थापाले सोमबारमात्र अध्यको उम्मेदवार भएको घोषणा गरेका थिए । उनले उम्मेदवार घोषणा कायक्रम मै उम्मेदवारी दिईरहँदा आफुलाई असहज र अफ्ठ्यारो लागेको कुरा बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्