ब्यालेटको ब्याटल : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको तयारी, यस्तो छ एमालेको मतदानस्थल

काठमाडौँ , १३ मंसिर । सर्वसम्मत गर्ने प्रयास विफल भएपछि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचनको तयारी थालिएको छ ।

पदाधिकारीका विभिन्न पदमा उम्मेदवारी दिने काम सकिएको छ । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गर्ने तयारी गरिरहेको छ ।

१९ जना पदाधिकारी रहेको एमालेका तीन पदमा निर्वाचन हुने देखिएको । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्ष र सचिवमा पनि पार्टीका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको सूची भन्दा बढी उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने अन्य उम्मेदवारी नपरेपछि निर्विरोध हुने भएको छ । एमालेले यसपटक विद्युतीय माध्यमबाट निर्वाचन गर्दैछ । आज राति ९ बजेदेखि मतदान गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्