नेपाली कांग्रेस, धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारीको समुह नै विजयी

धादिङ, १३ मंसिर। नेपाली कांग्रेसको धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी सहित समुह नै विजयी भएका छन् ।
काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनमा सभापतिसहित पदाधिकारीमा पौडेल पक्ष विजयी भएको छ।पौडेल पक्षका उम्मेदवार अधिकारी ३६ मत अन्तरले सभापतिमा विजयी हुन् ।

सभापतिमा विजयी अधिकारीले १ हजार ८२ मत पाएका छन् भने उहाँका प्रतिद्वन्द्वी भिम प्रसाद ढुंगानाले १ हजार ४६ मत प्राप्त गर्गरेका थिए ।
उपसभापतिमा पनि अधिकारी समुहका दल बहादुर अधिकारी र गेहेन्द्र मल्ल विजयी भएका छन्।

गेहेन्द्रले १ हजार ६८ मत प्राप्त गरेका छन् भने अधिकारीले १ हजार ६ मत प्राप्त गरे ।। देउवा पक्ष (ढुंगाना समुह) झंक भट्टले ९ सय ६९ र शेरबहादुर तामाङले ९ सय ८१ मत प्राप्त गरे।

सचिवमा विकास श्रेष्ठ र रामकृष्ण पाण्डे विजयी भएका छन्। उनीहरु पनि अधिकारी समुहकै हुन्।श्रेष्ठले ११ सय २१ मत प्राप्त गरेका छन् भने पाण्डेले १ हजार १२ मत प्राप्त गरे। ढुंगाना प्यानल०का सचिवका उम्मेदवार राजेन्द्र अधिकारी,राजु पाख्रिनले क्रमश ८ सय ९८ र ९८५ मत प्राप्त गरे।

उपसचिवमा सभापतिमा विजयी भएका अधिकारी प्यानलका नवराज तिमल्सिनाले १ हजार ९१ मत प्राप्त भने ढुंगाना प्यानलका हरि खतिवडाले ९१५ मत प्राप्त गर्नुभएको छ।

यसैगरी सह–सचिब पदमा अधिकारी प्यानलका क्रान्ति डल्लाकोटी र ढुंगाना प्यानलका बिजय पाख्रिन तामाङको बराबर ९९५ मत आएपछि पाख्रिन र डल्लाकोटिले २÷२ बर्ष कार्यकाल बाढ्ने सहमती गरेका छन्। पहिलो दुई बर्ष बिजय पाख्रिन सह सचिव हुनेछन भने दुई बर्षपछि क्रान्ती डल्लाकोटीलाई पद हस्तान्तरण सहमती भएको छ ।

यस्तै महाधिवेशन प्रतिनिधी अपाङ्गता तर्फ बाबुकृष्ण सापकोटाले १ हजार ६६ मत ल्याई बिजयी भए भने र प्रदेश अधिवेशन प्रतिनिधी अश्विन लम्सालले १ हजार ७४ मत ल्याई बिजयी हुनुभएको छ। प्रदेश र केन्द्रीय प्रतिनिधिमा विजयी भएका पनि पौडेल पक्षका रहेका छन्।दुई हजार १९७ मतदाता रहेको जिल्लामा कुल २ हजार १५६ मत खसेको थियो।

ढुंगानालाई पूर्ब कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो भने अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान उपसभापति भक्त लामाले साथ दिएका थिए ।सभापतिसहित अन्य पदाधिकारी र सदस्यमा पनि अधिकांश रामनाथकै समुहका उम्मेदवार विजयी भएका छन् ।

धादिङ क्षेत्र नं। २ बाट महासमिति सदस्यमा दिलमान पाख्रिनले सबैभन्दा उत्कृष्ट मत पाएका छन् । त्यसपछि क्रमश भीमप्रसाद ढुंगाना, रमेश धमला, रामनाथ अधिकारी र डा.राजाराम कार्की महासमिति सदस्यमा निर्वाचित भएका छन् । ३ जना यसअघि नै निर्विरोध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्