घनश्याम भूसाल : मैले जित्ने ग्यारेन्टी छ

काठमाडौँ , १३ मंसिर । नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र सिद्धान्त ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी रहेको भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । उनले आफूले जित्ने ग्यारेन्टी भएको दाबीसमेत गरे ।

सौरहामा सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै भूसालले भने, ‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र मार्क्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

उनले अगाडि भने, ‘कहीँ पार्टीले गल्ती गरिहाल्यो भने पार्टीलाई सुधार्ने पनि कार्यकर्ताको लामो परम्परा छ । त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो ।’

 

प्रतिक्रिया दिनुहोस्