प्रधान सेनापति शर्माद्वारा निरीक्षण भ्रमण

काठमाडौं, मंसिर ५ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले सुर्खेत स्थित पश्चिम कमाण्ड हे. क्वा .को निरीक्षण गरेका छन् ।

भ्रमणको दौरानमा उनले कमाण्ड हे क्वा मा फौजको तैनाथीको वर्तमान अवस्था , जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसिमासहित , कार्यान्वयन योजना , प्रदेशहरुसँगको समान्वय तथा सामुहिक तालीम संचालनको अवस्था लगाएतका विषयहरुमा जानकारी लिएका छन् ।

 

साथै उनले सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका छन् । भ्रमणको क्रममा उनले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्री सँग छुटाछुटै छलफल तथा भेटघाट समेत गरेका छन् । तिनदिने भ्रमणमा रहेका महारथी प्रभुराम शर्माले कर्णाली प्रदेशमा रहेका हे. क्वा .को निरीक्षण गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्