एमाले अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने, पत्रकार सम्मेलनमा गरेर उम्मेदवारी घोषणा गर्दै

काठमाडौँ , मंसिर ५ । एमालेका उपाध्यक्ष भीम रावल १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् ।

दिउँसो ३ बजे पत्रकार सम्मेलनमा गरेर उम्मेदवारी घोषणा गर्ने रावलका प्रेस सहयोगी एकीन्द्र कुँवरले बताए । ओलीले यसअघि नै अध्यक्षमा एक कार्यकाल दोहोरिन चाहेको बताएका थिए ।

दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने संकेत गरेका थिए ।

एमाले अध्यक्ष ओली १० बुँदे सहमति कार्यान्वयन गर्न इमान्दार नभएको भन्दै रावल असन्तुष्ट रहँदै आएका थिए ।

९ औं महाधिवेशनमा रावलले माधव नेपालको प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला उनले सार्वधिक मतका साथ विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्