नेपाली समाजको सत्यता स्थापित गर्न पत्रकारहरूसँग मन्त्री शर्माको आग्रह

काठमाडौं, मंसिर ४ । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उनले यो सच्चाइलाई स्थापित गर्ने काममा लाग्न आग्रह गरे। त्यसो गर्दा मात्र जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने उनको धारणा छ।

‘सत्य के हो रु त्यसलाई स्थापित गर्नुस् । जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छजस्तो लाग्छ मलाई। आजको सत्य के हो ?  नेपाली राजनीतिको सत्य के हो रु नेपाली समाजको सत्य के हो रु आजको हाम्रो समग्र अवस्था के हो भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ कुन–कुन पात्र आइपुग्छन्, त्यतातिर नहेर्नुस् । त्यसकारण सत्य कुरा स्थापित गर्न लाग्नुभयो भने त्यो जनताप्रति न्याय हुन्छ, राष्ट्रप्रति न्याय हुन्छ,’ नेता शर्माले भने।

शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध संघ, संगठनहरूले जोड दिनुपर्ने जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्