बारद्वारा थप देशव्यापी विरोधका कार्यक्रम घोषणा , कहिले, के ? (विवरणसहित)

 

काठमाडौं, ४ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म देशब्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

न्यायपालिकाको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गरी न्यायपालिकाको समग्र सुधार र सुदृढिकरणका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरी गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले विरोधका थप कार्यक्रम सार्वजनिक गरेको हो ।

एशोसिएसनको शुक्रबार बसेको बैठकले थप कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले गत आइतबार अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानून व्यवसायीको शान्तिपूर्ण धर्ना, विरोध कार्यक्रमलाई दबाउन हतियारसहतिको दंगा प्रहरीको ठूलो संख्यामा तैनाथ गरी कानून व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्धाहरुमा बहस नगर्ने निर्णयलाई कार्यान्वयन गर्ने समेत जनाएको छ ।

बैठकले यसअघि जस्तै देशभरका अदालतहरुमा १० बजेदेखि १२ बजेसम्म कालोपट्टी सहित धर्ना दिएर मंसिर ६ गते सोमबार केन्द्रमा संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलहरुमा ज्ञापनपत्र दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

हेर्नुस् थप विरोधका कार्यक्रम

प्रतिक्रिया दिनुहोस्