मलाई प्रदेश प्रतिनिधिमा सबैले निर्वाचित गराउने विश्वास लिएकी छुः काग्रेस नेतृ बोहरा

काठमाडौं, मंसिर ४ । बैतडीको दशरथचन्द नगरपालिका २ स्थित देहीमाण्डौं निवासी कांग्रेस नेतृ जयन्ती बोहरा बैतडी क्षेत्र नम्बर ९ख० बाट महिला खुला प्रदेश प्रतिनिधि पदमा उठेकी छन् ।

उनी बैतडी कांग्रेस नेता चतुरबहादुर चन्दको प्यानलबाट प्रदेश प्रतिनिधिमा उठ्न लागेकी हुन् । लामो समयदेखि कांग्रेस राजनीतिमा संक्रिय बोहरा नगर कार्यपालिका तथा २ नम्बर वडा सदस्यसमेत हुन् ।

विकट क्षेत्रमा रहेर आफू लामो समयदेखि पार्टीका गतिविधिमा सक्रिय रहेकाले सबैको साथ पाउने अपेक्षा रहेको नेतृ बोहराले बताइन् ।

हामीलाई दुर्गममा घरको कामदेखि समय व्यवस्थापन गरेर सामाजिक क्षेत्रमा काम गर्न निकै गाह्रो छ । तर, पनि जनताको सेवा गर्नुपर्छ भन्ने भावना मनमा भएकाले मलाई कुनै कुराले रोकेको छैन । सबैको कुसल व्यवस्थापन गरेर राजनीतिमा सक्रिय छु, बोहराले भनिन् । उनले आफूले विजयी भइसकेपछि पार्टीको मात्र नभएर स्थानीय जनताको अपेक्षा अनुसार पनि काम गर्ने बताएकी छन् ।

उनले आफ्नो पारिवारिक पृष्ठभूमि नै कांग्रेस रहेकाले सबैको साथ पाउने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्