दुई किलो सुनसहित विमानस्थलबाट दुई युवा पक्राउ, ल्याएको थियो कट्टुमा लुकाएर
काठमाडौं, मंसिर ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कट्टुमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।
उनीहरुलाई विमानस्थलको पार्किङबाट दुई किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।
दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो ।
दुबई विमास्थलमा सुन पठाउने समूहले ‘कट्टु लगाएर जानु’ भनेर सुन लुकाएको भित्री कट्टु दिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्