बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति हुन् : प्रचण्ड

काठमाडौँ , ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् ।

काठमाडौंमा शुक्रबार पतञ्‍जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्‍जलि नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेको जनाएका छन् ।

‘सुरूसुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भने । रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भूमिका समेत रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्