थप २९९ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु

काठमाडौ‌, मंसिर २ । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ जनाको पीसीआर परीक्षणमा २७२ र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरि निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । देशभर हाल ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित छन् ।

 

प्रतिक्रिया दिनुहोस्